राजनीतिक स्थायित्व कै लागि सरकारमा छौँ : जनमत पार्टी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनमत पार्टीले, यो सरकारको स्थायित्व कै लागि सरकारमा गएको दाबी गरेको छ । बिहीबार पत्रकारहरूसँगको छलफलमा सो पार्टीका प्रवक्ता डाक्टर शरद सिंह यादवले कसैको पनि बहुमत नभएको अवस्थामा सरकारको स्थायित्वकै लागि यो सरकारलाई समर्थन गरेको र मन्त्रिपरिषद्मा सहभागी भएको दाबी गरेका हुन् । 

पत्रकारसँग उनले भने, ‘यो सरकारलाई स्थायित्व प्रदान गर्न हामी चैँ सरकार भित्र छौँ  । सरकारलाई समर्थन गरिरहेका छौँ ।’ कोशी प्रदेशको जस्तो हालत केन्द्र सरकारको पनि नहोस् भन्ने धारणाका साथ आफूहरूले सरकारलाई समर्थन गरेको उनको जिकिर छ । 

त्यस्तै उनले २०८४ मा मधेस प्रदेशमा दुई तिहाइको बहुमतको सरकार बनाउने लक्ष्य निर्धारण गरेको बताए । आफूहरूले २०८४मा मधेस प्रदेशमा दुई तिहाइ सिट जित्दै बहुमतको सरकार निर्माणको लक्ष्य निर्धारण गरेको उनको भनाई छ । 

तपाईँहरूको अध्यक्ष चैँ सरकारमा नजाने भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हैन त्यो, परिस्थितिले के माग गर्छ भन्ने हो । अहिले पार्टी बन्दै गरेको अवस्थामा हामीले एउटा मिसन ८४ भनेर सुरुवात गरेको अवस्था छ । मिसन ८४ मा के भनेपछि अब आउने दिनमा संगठनको काम गरेर ८४ लाई फोकस गर्ने हो । ८४ मा हाम्रो मिसन भनौँ मधेस प्रदेशमा दुई तिहाइको बहुमतको सरकार आफ्नै लुम्बिनी प्रदेशमा आफ्नो सरकार, कोशी प्रदेशमा डिसिजन मेकिङ ठाउँमा जनमतलाई पुर्‍याउने र संघमा पनि हामी एउटा उल्लेख्य संख्याको सांसद लिएर आएर सरकारमा ठूलो सहभागिता लिएर काम गर्ने भन्ने हाम्रो तयारी हो । त्यसकै लागि अध्यक्ष अहिले नै सरकारमा गएर मन्त्री बन्न चैँ इच्छुक हुनु हुन्न । ’

त्यस्तै उनले जनमत पार्टीले आम नागरिकसँग गरेका बाचा पुरा गर्ने बाटोमा रहेको बताए । 





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १७:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया