दुईबुँदे निर्णयप्रति डाक्टरहरु रुष्ट, सडकबाटै प्रश्न : यो राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन ?’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सरकारले गरेको दुईबुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरुले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सेतो कोट लगाएर आज पनि सडकमा उत्रिएका उनीहरुले आक्रमणकारीलाई कडा कारबाही गर्नुपर्ने र आफूहरुको भौतिक सुरक्षा हुनुपर्ने माग गरेका छन् । 

राज्यलाई डाक्टर चाहिन्छ कि चाहिँदैन ? उनीहरुको प्रश्न छ । आन्दोलनमा सहभागी डाक्टर नीरज अधिकारीले सरकारले आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै आक्रोश पोखे । उनले भने,‘जसलाई संरक्षण गर्नुपर्ने हो, उनीहरुलाई चाहिँ ओझेलमा राख्ने उनीहरुको वास्ता गर्न राज्यलाई जरुरी छैन । भोट मात्र चाहिने रहेछ । यो सेतो कोट त पावरमा बस्ने मानिसले गिज्याउने वस्त्र भएको छ ।’

चिकित्सकमाथि हातपात हुँदा सरकारले सकारात्मक प्रतिक्रिया नदिएको भन्दै उनले राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्न गरे । उनले भने, ‘ जुन तरिकारले चिकित्सकमाथि हातपात भएको छ । अभद्र व्यवहार भएको छ । यो भत्र्सनीय छ । आज सरकारले राम्रो प्रतिक्रिया दिएको भए अस्पतालमा बिरामी हेरेर बस्नुपर्ने यहाँ मण्डलमा आएर बस्न जरुरी थिएन । यो राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन?’

डाक्टरहरूले कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने अडान राखेका छन् । यसअघि सरकारले देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुनी व्यवस्थाको जानकारीमूलक बोर्ड र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधनले गरेको कसुर र दण्ड सजायसम्बन्धी व्यवस्था सबैले देख्ने गरी राख्ने र पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीका लागि मातहतका निकायमा निर्देशन दिने निर्णय गरेको थियो ।
तर, त्यसप्रति असन्तुष्टि जनाउँदै डाक्टरहरुको आन्दोलनलाई निरन्तरता दिएका हुन् । 


 





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १८:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया