दिल्लीस्थित अफगानी दूतावास बन्द

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नयाँ दिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ । अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको  शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ । 

दूतावासले जारी गरेको विज्ञप्तिमा ‘भारत सरकारको असहयोग,  दिल्लीमा अफगानिस्तानको राष्ट्रिय स्वार्थ भारतमा प्रवर्द्धन गर्न अक्षम भएको तथा कर्मचारी एवं अन्य आवश्यक स्रोतको अभावमा  दूतावास बन्द गर्नुपरेको’ विज्ञप्तिमा उल्लेख छ । 

भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन । त्यहाँ तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ । जुन २०२२ मा नयाँ दिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोली मात्र परिचालन गरेको छ । 

यही असोज ८ गते भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द हुने जानकारी दिएको थियो ।  





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १३:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया