logo-img

यही अवस्थामा कांग्रेस सरकारमा बस्नुको औचित्य छैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महँगी बढिरहने र जनताको ढाड सेकिइरहने हो भने कांग्रेस पार्टी सरकारमा बस्नुको औचित्य नहुने बताएका छन् । 

कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारमा बसेर काम गर्न नसक्ने भए सरकारबाट बाहिरिनुपर्ने बताए ।

उनले ०८४ को चुनावको चिन्ता गरेको भए पार्टीलाई सत्ता छाड्न वा सरकारमा बसेर काम गर्न आग्रह गरे। उनले भने,‘महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै जरुरी छैन ।’



‘२०८४ को सूचनाको चिन्ता गरेको हो भने कि सत्ता छोडौँ कि त सत्तामा बसेर जनताको पक्षमा काम गरौँ,’ पौडेलले भने, ‘केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरुरी छैन। म जान नपाएर भनेको होइन । जनताको काम गर्न सत्तामा जाने हो। मेरो साथीले जनताको पक्षमा काम गर्नुपर्‍यो ।’ 

उनले रोजगारी सिर्जना हुन नसकेको बताए। ‘हामीले घोषणापत्रमा १२ लाख नयाँ रोजगारी कुरा कुरा लेखिएको छ । हामी सरकारमा सहभागी भएको ८ महिना भयो । त्यसको संकेत देखिएको छैन।’

काम नगर्ने हो भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भनेर नेतृत्वले भन्न सक्नुपर्ने पौडेलले बताए।  





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १७:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया