सहकर्मी कुटिएको विरोधमा केएमसी अस्पतालका डाक्टर काम बन्द गरेर प्रदर्शनमा (फाेटाेफिचर)

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सहकर्मीमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकले विरोध प्रदर्शन गरेका छन् । 

इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आइतबार अस्पताल अगाडिको सडकमा धर्ना दिएका हुन् । 

मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपिडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनीष खड्कामाथि आक्रमण गरेको उनीहरुको भनाइ छ । 

डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन्। 

हिजो मात्रै सरकारले डाक्टरसँग गरेको सहमतिको मसी सुक्न नपाउँदै फेरि हातपात भएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । 

डाक्टर खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रुपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



 




 
 

  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १८:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया