logo-img

समानुपातिक पद्धति हटाए समावेशिता समाप्त हुन्छ : नेता पौडेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताएका छन् । समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उनले बताए । 

नेपाली कांग्रेस षडानन्द नगरपालिकाको प्रथम नगर सम्मेलनको आज भोजपुरको दिङ्लामा उद्घाटन गर्दै नेता पौडेलले समानुपातिक कोटामा आफ्ना निकटका व्यक्ति ल्याउने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै उनले जनसङ्ख्या, समुदाय र जमिन अनुकूलको समावेशिता आवश्यक रहेको उल्लेख गरे । 

सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो । ‘कांग्रेसले जनताको सरोकारसँग जोडेर आफ्नो गतिविधि अगाडि बढाउनुपर्छ,’ नेता पौडेलले भने । 
    
कोशी प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाले कांग्रेसभित्र धेरै समस्या देखिएकाले अबका दिनमा सच्चिएर जान आवश्यक रहेको बताए । 



कार्यक्रममा नगर सभापति भीम तामाङ, पार्टीका जिल्ला सचिव सफल किरातलगायतले आ–आफ्नो धारणा राखेका थिए । 





  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार २२:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया