बझाङमा भूकम्पबाट भएको क्षतिप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा केन्द्रविन्दु बनाएर मंगलबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

शाहका तर्फबाट संवाद सचिव फणी पाठकले बुधबार विज्ञप्ति जारी गर्दै भूकम्पले सुदूर पश्चिमको क्षेत्रका विभिन्न जिल्लामा पुर्‍याएको क्षति र जनसाधारणमा परेको त्रासदीको खबरले गहिरो दुःख लागेको उल्लेख छ ।

‘ठूलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतर्कता आवश्यक रहेको हाम्रो धारणा छ’, शाहले भनेका छन्, ‘भूकम्पबाट घायल भएकाहरूको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल सम्बन्धित सबैको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’ 





  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १२:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया