त्रिवि सेवा आयोगले अनियमितता गरेकाे भन्दै नेविसंघ र नेसविले गरे तालाबन्दी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सत्तारुढ दुई दलका भ्रातृसंगठनले त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघ र नेपाल समाजवादी विद्यार्थी युनियनले कीर्ते गरेको भन्दै पदाधिकारीलाई प्रवेश निषेधको कार्यक्रम पनि घोषणा गरेका छन् ।

त्रिवि सेवा आयोगले लिएका परीक्षा र नतिजा विवादास्पद रहेकाे भन्दै तालाबन्दी र प्रवेश निषेध गरिएकाे नेवि संघ त्रिवि समितिका सभापति विष्णु बडैलाले विज्ञप्ति जारी गरेर जनाएका छन् । परीक्षा र मूल्यांकनका विषयमा आवश्यक छानबिन गरी पारदर्शी हुनुपर्ने उनीहरूकाे माग छ । 

आयोगले गर्ने काम कारबाही विश्वविद्यालयको हितमा नहुने भन्दै प्रकाशित अन्तरवार्तालगायत कार्यक्रम तत्काल स्थगित गरी छानबिन गर्न संघले माग गरेका छन् । 

छानबिन प्रक्रिया अघि नढाउञ्जेल आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराई र सदस्य प्रा.डा. हेमराज ढकालालई विश्विद्यालय प्रवेश निषेध तथा आयोगमा अनिश्चितकालीन तालाबन्दी गरिएको नेविसंघले जनाएको छ । 

त्यस्तै, नेपाल समाजवादी विद्यार्थी युनियन त्रिवि समितिका अध्यक्ष बलबहादुर रम्तेलले पनि विज्ञप्ति जारी गर्दै आयोगका कामकारबाहीमा समावेशिता नभएको आरोप लगाउँदै आयोगमा तालाबन्दी गरेको जनाएको छ ।





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार १९:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया