logo-img

अफगानिस्तानमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पश्चिमी अफगानिस्तानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

इरानको सीमा नजिक रहेको पश्चिमी सहर हेरातभन्दा ४० किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको युएस जियोलोजिकल सर्भेले जनाएके छ । स्थानीय समयअनुसार बिहान ११ बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । 

पहिलो भूकम्पपछि कम्ती अन्य तीन शक्तिशाली भूकम्प गएको बताइएको छ । भूकम्पका कारण भवनहरूमा क्षति पुगेको र मानिसहरू भग्नावशेषमा दबिएको अधिकारीहरूको भनाइ छ । 



गत वर्षको जुनमा अफगानिस्तानमा ५.९ म्याग्निच्युडको भूकम्पमा जाँदा १ हजारभन्दा बढीको ज्यान गएको थियो । 





  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार २१:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया