जगदम्बा स्टिल्स लिमिटेडले आइपिओ जारी गर्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जगदम्बा स्टिल्स लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १७ असोजमा आइपिओ निष्कासनको स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनाीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपिओ जारी गर्ने भएको हो ।

जगदम्बाले प्रतिकित्ता तीन सय रुपैयाँका दरले प्रिमियममा आइपिओ जारी गर्ने निवेदन पेस गरेको छ । कुल ६ अर्ब रुपैयाँको आइपिओ जारी गर्ने तयारी कम्पनीको छ ।

सर्वसाधारणलाई दुई करोड ७० हजार कित्ता साधारण सेयर जारी गरेर कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँ लगानी जुटाउन लागेको हो ।

आइपिओ निष्कासका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।





  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार १७:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया