logo-img

कोशी मुख्यमन्त्री : दुवै पक्षको आ-आफ्नै दाबी
स्वतन्त्रताको उपयोग– कार्की, प्रदेश प्रमुखबाट निकास आउँछ– आङ्बो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

 

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका माओवादीका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आ–आफ्नै तर्क प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेसका कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् । प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरू स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको तर्क छ ।



सरकार गठनको विषयमा प्रदेशको संसदीय दलमा निर्णय गर्नुपर्नेमा केन्द्रले गरेको भन्दै उनले केन्द्रमै पनि पार्टीले कुनै निर्णय नगरेकाले सांसदको स्वतन्त्रताका हिसाबले अवसर सदुपयोग गरेको कार्कीले बताए ।

उनले कांग्रेसका आठजना र एमालेका ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री पदको दाबी पेस गरेका छन् ।

यसैबीच, सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास आफूले लिएको बताएका छन् ।



मुख्यमन्त्रीका लागि दाबी पेस गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश प्रमुखले संवैधानिक र कानुनी रूपमा विज्ञहरूसँग परामर्श गरेर निकास निकाल्ने विश्वास आफूले लिएको उनले बताए । 
 



  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १९:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया