logo-img

पार्टीको पक्षमा सामाजिक सञ्जालमा खरो उत्रिन आरजुको आग्रह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणाले, नेपाली कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको तर्क गरेकी छिन् । अछाम–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले, स्थानीय तहदेखि केन्द्रसम्म सरकारमा रहेको कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको बताइन् । 

उनले भनिन्, ‘सातै प्रदेशमा, केन्द्रमा, ७७३ नगरपालिका, गाँउपालिका अधिकांशमा हामी छौँ । भनेपछि हामी शक्ति भएको स्थानमा छौँ कि हामी कमजोरमा छौँ । हामीले आफूलाई चिन्नुपर्छ । हाम्रो पार्टीका अग्रज नेताहरुले गर्नुभएको काम जनताको अगाडि प्रस्ट भएकै कारणले नेपाली जनताले हामीलाई हरेकपटक चुनावमा जिताएका छन् ।’ 

सामाजिक सञ्जालमा पार्टीको उपस्थिति कमजोर भएकोप्रति असन्तुष्टि पोख्दै उनले सकारात्मक सोचेर पार्टीको पक्षमा खरो उत्रिन आग्रह गरिन् । ‘सामाजिक सञ्जालतिर हेर्ने हो भने नेपाली काङ्ग्रेस जिरोमा गइसकेको छ, के हामी जिरोको पार्टी हो ?’ उनले भनिन् ‘सकारात्मक सोच राख्नुपर्छ हाम्रो जीवन पनि सकारात्मक हुन्छ । राम्रो सोचौँ, राम्रो गरौँ र राम्रैतिर उन्मुख हुनुपर्छ ।’



कांग्रेसका नेताहरूले धेरै ठूलो मूल्य चुकाएर यो देशलाई यहाँसम्म ल्याएको र हरेक कालखण्डमा पार्टीले आफूलाई सक्षम सावित गर्दै आएको उनले बताइन् । उनले भनिन्,‘संविधान पनि नेपाली कांग्रेसले नै ल्याएको हो । पार्टीलाई संगठित गर्दै जानुपर्छ । ’ 

आन्तरिक द्वन्द्व व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएकी उनले सकरात्मक बन्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरिन् । 

‘हामीभित्र भएका नकारात्मक शक्तिलाई कसरी हटाउने सकारात्मक ऊर्जा, राम्रो दृष्टि र दैवी गुणलाई बाहिर ल्याउने समय विजय दशमीले हामीलाई दिएको छ । यो दशैँमा आफूभित्र भएको सकारात्मक शक्तिलाई बाहिर ल्याउन र मनमा भएको रिस, घृणालाई हटाउन आग्रह गर्छु,’ उनले भनिन् । 





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १८:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया