logo-img

केन्द्रीय प्रसारण लाइनमा जोडियो म्याग्दीको निस्दी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि  खुसी भएका छन् ।

जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको छ । ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरकमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको वडाध्यक्ष मुक्तबहादुर पाटाले बताए ।

गाउँका करिब ४५ घरपरिवारमा विद्युत् सेवा पुगेको छ । सामुदायिक विद्युत् उपभोगका लागि हरेक वर्ष रकम बुझाउँदै आएका यहाँका स्थानीय केन्द्रीय लाइनसँग जोडिन पुगेपछि धेरै सहज भएको छ ।



निस्दी गाउँपालिका र स्थानीयको अथक प्रयासले गाउँमा विद्युत् सेवा पुर्‍याउन सफल भएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु जानकारी दिए । पालिकाभित्र बाँकी रहेका स्थानमा केन्द्रीय प्रसारण लाइनको सेवा विस्तार गर्ने उनले बताए ।

निस्दीको बेभोके, रोल्लाबास, मदनपुरलगायतका टोलमा विद्युत् विस्तारका लागि खम्बा गाड्ने र तार तान्ने काम भइरहेको छ । विद्युत् सुविधाको पहुँच पुगेपछि गाउँमा बत्ती बाल्न, विद्यार्थीलाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो, टेलिभिजन प्रयोग, कुटानीपिसानी मिल सञ्चालन गर्न सजिलो भएको छ । 

यसअघि सामुदायिक विद्युत् प्रसारण लाइनबाट निस्दी गाउँपालिकाभित्रका चारघरे, घुल्लीखरक, पोखरीछाप, हुवास र दार्सिङबासमा विद्युत् सेवा पुगिसकेको छ । रासस 





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार ९:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया