पूर्वअरनिको यातायातको कोटेश्वरस्थित बसपार्क सञ्चालनमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वअरनिको यातायात प्रालिले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ । आइतबारबाट प्रालिले नयाँ निर्माण गरिएको बसपार्क सञ्चालनमा ल्याएको हो । 

पूर्वअरनिको यातायात प्रालिको आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो । 

जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्वअरनिको यातायात प्रालिले झन्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको हो ।  





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार १८:५४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया