दसैँ लागेसँगै किनमेल गर्नेको भीड, व्यवसायीमा भने देखिँदैन उत्साह [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दसैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दसैँको लागि किनमेल गर्ने ग्राहकहरूको भीड लाग्न थालेको छ । काठमाडौंको असन, न्युरोड, भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्ने ग्राहकहरूको भीड लाग्न थालेको छ । 

विगतको वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरूले बताएका छन् । तर दसैँको लागेसँगै बजारमा ग्राहकको भीड भाड बढ्दा व्यापारीहरूलाई केही राहत मिल्ने आशा जगाएको उनीहरूको भनाई छ । 

व्यपारीहरूले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरूको क्रयशक्ति कदमै कमजोर रहेको देखिएको व्यवसायीहरूले बताए । उनीहरूले दसैँ लागेसँगै व्यापार बढेको थालेको पनि बताए । उनीहरूले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरू बढ्ने आशामा व्यवसायीहरू रहेको बताए । 

आर्थिक मन्दीले ग्राहकहरूको क्रयशक्तिमा कमी आएकाले दसैँमा ग्राहकहरूको रोजाइमा सस्तो सामान पर्न थालेको व्यवसायीहरूको भनाई छ । व्यापारीहरूले न्युरोड लगायतका क्षेत्रमा भित्र बिक्री नहुँदा बाहिर फुट पातमा सामान राखेर बिक्री गर्नुपरेको बताए । नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्व अध्यक्ष नरेश कटुवालले होलसेल बजारबाट प्रशस्त सामानहरू बिक्री भए पनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको बताए । 

उनले आर्थिक मन्दीको कारण मानिसहरूको रोजगार गुमेकाले तल्लो तहमा मन्दी रहेको बताए । उनले क्रयशक्ति कम भएकाले दसैँमा मानिसहरूको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको बताए । पूर्व अध्यक्ष कटुवालले होलसेल बजारमा बिक्री वृद्धि भएकाले दसैँ लागेसँगै बजारमा ग्राहक बढ्ने र व्यापार वृद्धि हुने आस पलाएको उल्लेख गरे । उनले यो वर्षको दसैँमा करिब ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापनादेखि फूलपातीको दिनसम्म धैर्य गर्न आवश्यक रहेको बताए ।



उनले भने,‘यो वर्षको दसैँमा करिब ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापना देखि फूलपातीको दिनसम्म हेर्न बाँकी छ । दुई दिनदेखि बजारमा मानिसहरूको भीड भाड रहेको तर आर्थिक मन्दीको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेका छन् ।’



त्यस्तै,राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले मानिसहरू विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताए  उनले उपभोग गर्ने युवाहरू श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको बताए । उनले न्युरोड लगायतका क्षेत्रमा भित्र सटरमा रहेको सामानहरू बाहिर ल्याएर सेलमा बिक्री गरिरहेको बताए ।

उनले पसलका सामानहरू ‘सेल’मा राखेपछि ग्राहकहरूको भीड देखिएको बताए । उनले व्यापारीहरूमा पनि आर्थिक मन्दी भएको कारण २ हजारको सामान सेलमा राखेर २ सयसम्म बिक्री गरिरहेको बताए । श्रेष्ठले मन्दीका कारण ग्राहकहरू पनि सस्तो सामान नै बढी किनिरहेको बताउँदै व्यापारीहरू भएको सामान दसैँमा सेलमा राखेर स्टक सक्ने दसैँपछि त्यतिकै बस्ने मनस्थिति समेत बनाइरहेको बताए । 

उनले मन्दीकै कारण खुद्रासहित फुटपाथ र होलसेल पसलहरूमा पनि बिग सेल राखिएको उल्लेख गर्दै मन्दी र युवाहरू बिदेसिँदा समग्रमा गत वर्षभन्दा व्यापार घटेको  दाबी गर्नु गरे  ।

व्यापारीहरूले बजारमा व्यापार नभएको भने पनि गत शनिवारदेखि काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरूमा ग्राहकहरूको किनमेल गर्ने भीड भाड बढेको छ । किनमेल गर्नेहरूको भीड भाड बढेकाले दुई दिनदेखि काठमाडौंका व्यापारी केन्द्रहरूमा सवारी साधनको समेत चाप देखिएको छ ।  

 

  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १४:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया