नयाँ दल ‘विषालु झारपात’ हुन्, उखेलेर फ्याँक्नुपर्छ : विप्लव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ खुलेका दललाई ‘विषालु झारपात’को संज्ञा दिएका छन् । धनगढीमा समाजवादी मोर्चाको सभालाई सोमबार सम्बोधन गर्दै उनले जनताबाट स्थापित दललाई पाखा लगाउने गरी झारपात उम्रिएको आरोप लगाएका हुन् ।

विप्लवले नयाँ दलहरूको नाम भने लिएनन् । ‘गणतन्त्र आएपछि नेपालमा केही विषालु झारपात उम्रिएका छन्, जनतालाई दिग्भ्रमति गरेर दिवा सपना देखिरहेका छन् । बर्खाको च्याउसरी नेपालमा झारपात उम्रिँदै छन्, हामीले गोडमेल गर्ने आँट गर्नुपर्छ । साँच्चिकै बिरुवा जोगाउनु पर्छ,’ विप्लवले भने ।

कम्युनिस्ट शक्तिहरू कमजोर हुँदा काठमाडौंको सडकमा परिवर्तनविरोधी नारा लाग्न थालेको उनको ठम्याइ छ । मिडियाले पनि माओवादी र कम्युनिस्ट शक्तिहरू विखण्डित भए भन्ने खालको बेप्रवाह प्रचार चलाइरहेको उनको आरोप छ । 

विप्लवले भने, ‘नेपालमा कम्युनिस्टहरू सिद्धिन थालेको हो र ? जसले क्रान्ति गर्‍यो, ती मान्छेहरू लज्जित हुनुपर्ने ? जालिफटाहाले क्रान्तिकारीलाई हेप्ने ? यो हुन सक्दैन ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँग सल्लाह नगरी कालापानीमा आएकोमा उनले आपत्ति जनाउँदै उनले भने, ‘भारतमा ठाउँ नपाएर कालापानीमा पूजा गर्न आएका छन् । समाजवादी मोर्चाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्छ, हामीले गर्नुपर्छ ।’





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १६:३५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया