होन्डा र जीएमको सन् २०२६ मा चालकरहित ट्याक्सी बनाउने योजना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स (जीएम) ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन् । यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने बताइएको छ । 

होन्डाले विज्ञप्तिमार्फत सान फ्रान्सिस्कोमा रहेको सेल्फ ड्राइभिङ कार अपरेटर क्रुजद्वारा सहविकास गरिएको यो परियोजनाले जापानमा नयाँ प्रकारको गतिशीलताको अनुभव प्रदान गर्ने बताएको छ । 

‘यो एउटा उन्नत गतिशील समाज प्राप्तितर्फ एउटा मुख्य कदम हुनेछ’, होन्डाका प्रमुख कार्यकारी तोसिहिरो मिबेले भने । 

यो परियोजनाले ट्याक्सी र बस ड्राइभरको कमीजस्ता जापानले भोगिरहेको सामाजिक मुद्दालाई पनि सम्बोधन गर्न सहयोग गर्ने लक्ष्य लिएको होन्डाले जनाएको छ । तीव्ररूपमा वृद्धहरूको बढिरहेको जनसङ्ख्या र श्रमको कमीसँग लगातार संघर्ष गरिरहेको जापान सरकारले स्वायत्त सवारीलाई प्रश्रय दिँदै आएको छ । 

सन् २०२० मा केही परिस्थितिमा पूर्ण नियन्त्रण गर्न सकिने सक्षम सवारी साधनहरूलाई सार्वजनिक सडकमा चलाउन अनुमति दिने मुलुकमा जापान पहिलो बनेको थियो । टोयोटा र निसानजस्ता सवारी साधन निर्माता कम्पनीले पनि स्वचालक बस तथा ट्याक्सीको परीक्षण गरिरहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार १७:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया