लेबनानको सीमा नजिकै इजरायलले गर्‍यो थप १४ गाउँ खाली

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकूबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योजना घोषणा गरेको छ ।

इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ती वस्तीमा मुख्यतया सहकारी फार्म र किबुटजिम (गाउँहरू) लगायतका छन् ।

शुक्रबार रक्षा मन्त्रालयले उत्तरी इजरायली शहर किरियत शमोनाका बासिन्दालाई लेबनानी सीमा नजिकै २२ हजार जनसङ्ख्या भएको बासिन्दालाई खाली गर्न आदेश दिएको हो ।

हमासले ७ अक्टोबरमा दक्षिणी इजरायलका शहर र सैन्य चौकीमा आक्रमण गरेको थियो । त्यसपछि इजरायलले गाजा पट्टीमा जवाफी हमला गर्दै लेबनानसँगको उत्तरी सीमामा रहेको लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र प्यालेस्टिनी लडाकू समूहसित इजरायलको लडाइँ बढाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ७:१६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया