बारामा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा भएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

५१ जना सवार यात्रुवाहक बस दुर्घटनामा पर्दा भारत मोतिहारी घर भइ वीरगञ्ज बस्ने २७ वर्षका मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अन्य घाइते १० जनाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।  

भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति करिब १२ बजे सिमराचोकमा दुर्घटना भएको हो ।

विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भएर बस सडकको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार ९:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया