किष्ट अस्पताल एकैसाथ कलेजो र मिर्गौला प्रत्यारोपण गर्न सफल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले, नेपालकै इतिहासमा कलेजो र मिर्गौलाको एकैसाथ सफल प्रत्यारोपण गरिएको दाबी गरेको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अस्पतालले जटिल एवं दुर्लभ प्रकृतिको कलेजो र मिर्गौलाको एकै साथ सफल प्रत्यारोपण गरिएको र बिरामी स्वास्थ्य लाभ गरी घर फर्किएको जानकारी दिएको हो । 

यसप्रकारको शल्यक्रिया नेपालकै इतिहासमा पहिलोपटक सफल भएको अस्पतालले जनाएको छ ।

अस्पतालले लामो समयदेखि डायलाइसिस सेवा लिइरहेका बिरामीको रोगको पहिचान किष्ट अस्पतालमा नै गरी दुवै अंगको एकैसाथ प्रत्यारोपण शल्यक्रिया मात्र अन्तिम उपाय ठहर गरी अस्पतालले शल्यक्रियाको तयारी गरेको जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार १७:२६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया