मुगु सामूहिक हत्या : हत्यारा नजिक पुगेको प्रहरीको दाबी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शुक्रबार मुगुमा भएको तीन सन्तानसहित आमाको हत्या प्रकरणमा अनुसन्धान हत्याराको नजिक पुगेको प्रहरीले जनाएको छ। जिल्लाको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा भएको सो हत्याको अनुसन्धानका लागि प्रहरीले कुकुरसहित प्रहरी टोली परिचालन गरेको छ । 

प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको र अझै थप प्रमाणका लागि अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् । अनुसन्धानको नजरमा परेकाहरू घटनामा संलग्न रहेको प्रमाण जुटेपछि मात्रै नियन्त्रणमा लिएर जानकारी दिने उनले बताए । 

सम्भवतः आइतबारै चारै शवको पोस्टमार्टम हुने उनले बताए। हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ। हत्या गरिएका चारैजनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ। 





  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार १९:१८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया