logo-img

हेटौंडा सिमेन्टलाई कोइला अभाव, आजदेखि उत्पादन बन्द
फाइल तस्वीर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हेटौंडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । सो उद्योगमा मासिक ३ हजार ६ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । 

उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा ३ लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए ।

उनले आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताए । उनले आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताए ।



कूल ३ लाख बोरा सिमेन्ट काठमाडौंलगायतका विभिन्न शहरमा बिक्रीवितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ । 

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै शहरमा बिक्रीवितरण गर्न समस्या भएको जनाइएको छ  ।

कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनले बताउनुभयो । वि.सं २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले २६ मंसिर २०४३ सालदेखि व्यावसायिकरूपमा उत्पादन सुरुआत गरेको थियो । यस उद्योगमा करिब ३ सय ९० कर्मचारी कार्यरत रहेका छन् । रासस 





  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार १०:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया