logo-img

आफन्तको घरमा भेटिए विक्षिप्त भएर भागेका दीपक
फाइल तस्बिर

परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चारजना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए । 

मानसिकरूपमा विक्षिप्त भएपछि कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै उनका कान्छा ससुरा खेमबहादुर रावलको जिम्मा लगाएको थियो । दीपकले हत्या गरिएकी श्रीमती र तीन छोराछोरीको शव परीक्षण सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए  ।

दीपक बिहीबार राति ८ बजे छायानाथ रारा नगरपालिका–४ भामवाडा गाउँमा एक आफन्तको घरमा भेटिएका हुन् । उनी अहिले प्रहरी र नगर प्रहरीको निगरानीमा नगरप्रमुख विष्णुकुमार भामसँग रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।



मुगुस्थित छायानाथ रारा–६ मन्दु गाउँमा २८ वर्षीया श्रीमती श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा बोहरा र आठ महिने छोरा रहर बोहराको हत्या भएको थियो ।

यही १० कात्तिकमा हत्या भएको सूचना पाउनेबित्तिकै प्रहरीको टोलीले घरभित्र खोजी गर्दा आमासहित तीन सन्तानको धारिलो हतियार प्रयोग गरी वीभत्स हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रनाउ थापाका अनुसार कात्तिक १३ गते सोमबार चारै मृतकको शवपरीक्षण गर्ने कार्य सकिए पनि आफन्तले लास नबुझिदिँदा शवको दाहसंस्कार हुन सकेको छैन । जिल्ला अस्पतालको शवगृहमा शव राख्न चिस्यान नहुँदा शवहरू गल्दै गएका उनले जानकारी दिए ।  





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार १५:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया