logo-img

रोनाल्डोको गोलमा अल नासरको सहज जित

साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । नासरले गएराति सम्पन्न खेलमा अल खालिजविरुद्ध २–० को सहज जित निकालेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र एमरिक लापोर्टेले समान एक गोल गरे ।  

अल अवाल पार्क किङ साउद युनिभर्सिटी रियादमा भएको खेलमा २६औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई सुरुआती अग्रता दिलाए । उनले अब्दुलरहमान घरिवको पासलाई सदुपयोग गरे ।  



जारी सिजनमा रोनाल्डोको २१ औँ गोल हो । उनले २२ खेलमा २१ गोल गरेका हुन् ।  यस्तै, ५८औँ मिनेटमा रोनाल्डोको पासमा लापोर्टेले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारेका थिए । यो जितपछि अल नासरले १२ खेलबाट २८ अंक जोडेको छ । उसले ९ मा जित र एक खेल बराबरी खेलेको छ ।  

अल नासर अंक तालिको दोस्रो स्थानमा यथावत छ । ऊ शीर्षस्थानको अल हिलालसँग ४ अंकले पछि छ । पराजित अल खालिज १० अंकका साथ १५औँ स्थानमा छ ।






  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार ७:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया