कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमोचन

कथाकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमाेचन भएकाे छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कथाकार तथा कवि अभय श्रेष्ठ, साहित्यकार नयनराज पाण्डे, निबन्धकार तथा समालाेचक कुमारी लामा, पत्रकार माेहराज शर्मा र लेखकका बुवा दीपकराज न्याैपानेले संयुक्तरूपमा 'पार्श्वधुन'काे विमाेचन गरेका हुन् ।

शिखा बुक्स काठमाडौंले प्रकाशन गरेको कथासंग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरू समावेश गरिएको छ । साहित्यकार नयनराज पाण्डेले कुसुमका कथामा नौलोपन देखिएकाे भन्दै उनी भविष्यमा उम्दा कथाकार हुनसक्ने बताए ।

यसैगरी, कथाकार तथा कवि अभय श्रेष्ठले अलिक अगाडिबाट नै कुसुमले कथा लेख्दै आएकाे र अहिले आउँदा निकै माझिएकाे बताए । यस्तै, निबन्धकार तथा समालाेचक लामाले मानवीय संवेदनाका मसीनो पाटोलाई अन्त्यन्तै फरक ढंगले टिपेको अब्बल र माझिएको लेखाइ भनेकी थिइन् ।

पुस्तककाे मूल्य ३७५ रुपैयाँ राखिएकाे छ । यसअघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कविता संग्रह, ‘अञ्जुलीमा अभियन्ता- २’ संयुक्त गजल संग्रहलगायतका पुस्तक प्रकाशित छन् ।

उनले ‘परदेशका कथा’ कथासंग्रह र ‘आँगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादनसमेत गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार ९:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया