logo-img

ओमानविरुद्ध सोमपालले दिलाए नेपाललाई पहिलो सफलता
फाइल तस्बिर

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा तीव्र गतिका बलर सोमपाल कामीले प्रतीक आठवलेलाई ७ रनमा एल्बीडब्लू धरापमा पारे ।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका लागि गुलशन झा र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ खेले ।  

२५ बलको सामना गरेका गुलशनले ५ चौका र ४ छक्कासहित ५४ रन बनाए । टी–२० मा गुलशनको यो पहिलो अर्धशतक हो । यस्तै, रोहितले ३७ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा अविजित ५२ रनको पारी खेले । टी–२० मा उनको यो पाँचौं अर्धशतक हो । 



त्यस्तै, करण केसीले ६ बलमा दुई चौका र एक छक्काको मद्दतमा अविजित २० रन बनाए । कुशल भुर्तेलले ३१ र सन्दीप जोराले १० रन जोडे । आसिफ शेख ६, कुशल मल्ल तीन र विवेक यादव एक रनमा आउट भए । ओमानका लागि बिलाल खानले तीन, जीशान मक्सूद र अकिब इलियासले एक/एक विकेट लिए ।  

विश्वकपमा पुगेपछि नेपाल र ओमान छनोट प्रतियोगिताको फाइनल खेलेका थिए । एसिया क्षेत्रबाट यसपटक नेपालले यूएईलाई ८ तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै आउँदो वर्षको टी–२० विश्वकपमा स्थान बनाए । अर्को वर्षको विश्वकप जुनमा अमेरिका र वेस्ट इण्डिजले आयोजना गर्दैछन् ।





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार १३:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया