विश्वकप छनोटको दोस्रो खेल काठमाडौंमा हुने, मंसिर पाँचमा नेपालले यमनसँग खेल्ने

विश्वकप फुटबल छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले, आज पत्रकार सम्मेलन गरी नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

घरेलु मैदानमा यमनसँगको खेलअघि नेपालले युएईसँग उसकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्नेछ । यो खेल कात्तिक ३० गते हुने एन्फाले जनाएको छ । 

यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने तय छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा नेपालाई फाइदा हुने गरी ओमानसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले बताएका छन् । 

विश्वकप छनोटका लागि एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइरहेका छन् । जसबाट २३ सदस्य खेलका लागि छानिनेछ ।

यस्तै, यमनी राष्ट्रिय टोलीका लागि भने च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाएको शाहले बताए ।



नेपाल र यमनबीचको खेलका लागि टिकटको मूल्य साधारण प्यारापिटतर्फ ४०० र भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको शाहले बताए । यस्तै, उक्त खेलको प्रत्यक्ष प्रसारणको तयारी अन्तिम चरणमा पुगेको र मिडिया पार्टनर केही दिनमै टुंगोे लगाउने एन्फाले जनाएको छ । 

दोस्रो चरणको सबै खेलको कमर्सियल एन्ड मिडिया राइट सिगापुरस्थित स्पोर्टफाइभलाई दिइएको छ । 



एन्फाले खेलको अनुमानित लागत ७३ लाख  ६८ हजार ४०० लाग्ने बताएको छ ।  

  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १५:५७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया