logo-img

सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्य मञ्च गठन

विपद् व्यवस्थापनको क्षेत्रमा सम्पूर्ण सरोकारवालाहरूको अपरिहार्यतालाई मनन गर्दै सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण प्रादेशिक कार्य मञ्च गठन भएको छ ।

२०८० साल कार्त्तिक २२ गते, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा, प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का सदस्य डा. गंगालाल तुलाधर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रतिनिधि स्मिता पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघ विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय सचिवालयबाट विश्वव्यापी रूपमा विभिन्न तहमा विपद् जोखिम न्यूनीकरण कार्य मञ्च गठन गरी विपद् व्यवस्थापनका कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउन सबै सरकारलाई आग्रह गरे बमोजिम नेपाल सरकार गृह मन्त्रालयले २०६९ सालमा ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्य मञ्च’ गठन गरी ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्य मञ्च नेपालको कार्य सञ्चालन मार्गदर्शन, २०७७’ स्वीकृत गरी लागू गरिएको जानकारी गराइएको थियो ।  





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार १०:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया