logo-img

पूरा भयो विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । आइसिसी एक दिवसीय विश्वकप भारतमा जारी छ । 

भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम चारका लागि स्थान पक्का गर्दा चौथो स्थानमा रहने टिमको टुंगो आज मात्रै लागेको छ ।

यसअघि नै न्यूजिल्याण्ड अन्तिम चार नजिक पुगे पनि औपचारिक रुपमा पाकिस्तान बाहिरिँदा मात्रै न्यूजिल्याण्डको स्थान पक्का भएको हो ।



योसँगै भारत शीर्ष स्थानका साथ सेमिफाइनलमा प्रवेश गर्दा दक्षिण अफ्रिका दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहँदा न्यूजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्नेछन् ।  

अब सेमिफाइनलमा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको भिडन्त हुनेछ ।

दुवैबीचको सेमिफाइनल खेल नोभेम्बर १५ मा मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।



त्यस्तै, दोस्रो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ मा हुनेछ । 

दुवै खेल नेपाली समयअनुसार अपराह्न २ः १५ बजेदेखि सुरु हुनेछन् ।



  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार २३:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया