logo-img

नेपाली कामदारलाई पेन्सन दिन दक्षिण कोरियासँग सांसद पौडेलको आग्रह

कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिकसरह सेवासुविधा दिन त्यहाँको सरकारसँग आग्रह गरेका छन् । 

नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठमा कोरिया नेपाल पार्लियामेन्ट कमिटीद्वारा कोरियाको राजधानी सोलस्थित नेसनल एसेम्बली हाउसमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपाली कामदारलाई पनि कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन आग्रह गरेका हुन् ।

उनले समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसँग समन्वय गरेर भिसा थप गर्नसमेत कोरिया सरकारसँग आग्रह गरे ।
 







  • प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार २०:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया