logo-img

पुस्तकालय ललितपुर महानगरको प्राथमिकतामा : चिरिबाबु महर्जन
फाइल तस्बिर

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले डिजिटल प्रविधिको विकाससँगै पुस्तकालयमा पुस्तक पढ्नेहरूको कमी हुँदै गएको बताएका छन् । 

दक्षिण एसियाली पुस्तक प्रदर्शन,२०२३ मा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रमुख महर्जनले पुस्तकालयमा गएर पुस्तक पढ्ने परम्परालाई डिजिटल प्रविधिले परिमार्जन गर्दै लगेको बताए । उनले ललितपुर महानगरले पुस्तकालयलाई प्राथमिकतामा राख्ने गरेको बताए । 

उनले पुराना पुस्तकालयलाई पुनः स्थापनाको लागि महानगरले पूर्वाधार निर्माण गरी पुस्तक थप्ने योजनामा रहेको बताए । महर्जनले पछिल्लो समय विगतको जस्तो पुस्तकको नाम नै तोकेर पुस्तक पढ्ने भन्ने प्रचलन हट्दै गएको बताए ।  



उनले डिजिटल प्रविधिको कारण आवश्यक पुस्तक हातमा नै अध्ययन गर्न सकिने अवस्था आएकाले पुस्तकालयमा गएर पुस्तक अध्ययन गर्नेहरूमा कमी आएको बताए । 

महर्जनले ललितपुर महानगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो काम गरेकाले आफू दोस्रोपटक पनि निर्वाचित भएर आएको दाबी गरे । 





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १७:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया