दुर्गा प्रसाईंको अभियानलाई जनमत पार्टीका नेताको समर्थन

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाललाई जनमत पार्टीका केन्द्रीय सदस्य तेजनारायण कँडेलले साथ दिने भएका छन् । उनी प्रसाईंको अभियानको बाँके संयोजक पनि बनेका छन् । 

कँडेलले प्रसाईंको अभियानमा सहभागी हुन अनुरोधसमेत गरेका छन् ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको केन्द्रीय संयोजक दुर्गा प्रसाईंप्रति यो महान् जनआन्दोलनको आह्वान र नेतृत्वका लागि हार्दिक कृतज्ञता प्रकट गर्दछु । मंसिर ७ गतेबाट सुरु हुने यो महान् जनआन्दोलनमा सरिक भई व्यवस्था परिवर्तन केन्द्रित आन्दोलन सफल बनाउन आह्वान गरेको छु,’ उनले भनेका छन् ।   





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १०:१७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया