पूर्वराजा शाहलाई ८ हजार मोटरसाइकलले स्कर्टिङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍याइने
फाइल तस्बिर

पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जाने भएका छन् । बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन् । 

पूर्व राजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एकसाता देखि झापामै छन् । अध्यक्ष लिङ्देन पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको बताइएको छ । 

भोलि शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साइकल र्याली गरिने भएको छ । पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टिङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ ।

पूर्व राजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्ने छन् । मंसिर ६ गते नै झापा जाने कार्यक्रम भए पनि अस्पताल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो प्रदर्शकको कार्यक्रम नसकी हिँडिदिँदा अर्कै सन्देश जाने भनेर चिन्ता जनाएपछि पूर्व राजाको झापा यात्रा सारिएको थियो । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १३:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया