चार महिनामा साढे ४ खर्ब नाघ्यो व्यापार घाटा

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे ४ खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको हो । 

भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने ५० अर्ब ५६ करोड ५३ लाख बराबर रुपैयाँको मात्रै निर्यात गरेको छ ।

गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालू आवको सोही अवधिमा आयात तीन दशमलव ७९, निर्यात सात दशमलव ६८, व्यापार घाटा तीन दशमलव ३४ र समग्र वैदेशिक व्यापार चार दशमलव १५ प्रतिशतले घटेको छ ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो । चालू आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कूल ३ खर्ब ४७ अर्ब ३ करोड बराबरको व्यापार गर्दा २ खर्ब ८१ अर्ब २ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।  
 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १५:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया