स्वास्थ्यमन्त्री बस्नेतको दाबी : नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन क्रियाशील छाैँ
फाइल तस्बिर

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकमा महेन्द्र माध्यमिक विद्यालयमा आयोजित ‘न्याना कपडा तथा शैक्षिक सामग्री वितरण’ कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको हालैको निर्णयबारे जानकारी दिँदै चिकित्सा शिक्षाका लागि अनुकूल वातावरण बनाउन आफू लागि परेको जानकारी दिए । 
    
‘मन्त्रालयले एक सयदेखि ३ सयसम्म शय्या भएका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने र तीन सय शय्यामाथिका अस्पतालमा चिकित्सा पढाउन पाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा ऐन संशोधनको तयारीमा छौँ’, स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘यसले गर्दा देशभित्रै आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन हुने र चिकित्सा शिक्षा अध्ययनका लागि अन्य देशबाट विद्यार्थी नेपाल आउँछन् । त्यसरी विदेश विद्यार्थी बढेपछि देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सकिन्छ ।’

उनले इन्द्रावती गाउँपालिका–२ स्थित स्वास्थ्य चौकीको सुधारका लागि उपलब्धमा २० लाखको बजेटमा थप १८ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार २२:१०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया