उदयपुरमा वनभोज गएको बस दुर्घटना : तीनको मृत्यु, ३६ जना घाइते

उदयपुरमा पिकनिक गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको जलजलेस्थित अन्नपूर्ण बोर्डिङ स्कुलको बस दुर्घटनामा बस चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ की ७ वर्षीया सौम्या चौधरी र ६ वर्षीय विकास चौधरी रहेका छन् ।

मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट–कटारी खण्डको उदयपुरगढी–७ अँधेरीस्थित जोगीनीटोल नजिकै घुम्ती सडकमा अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको छ । अन्य घाइते ३३ जनाको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार १५:५८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया