माफियाका नाइके स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्छ : डा. केसी

चिकित्सा अध्ययन सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई माफियाहरूका नाइके भएको आरोप लगाएका छन् । केसीले मन्त्री बस्नेतकाे राजीनामा पनि मागेका छन्। 

केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्रीले ऐनविपरीत सञ्चालित शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा सम्बन्धन दिलाउन सरकारी निकायलाई दबाब दिएको आरोप लगाए । 

‘स्वास्थ्यमन्त्रीको हैसियतले यी चुनौतीहरूको सम्वोधन गर्नु परम् कर्तव्य बन्थ्यो, तर मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो,'विज्ञप्तिमा भनिएको छ, 'यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाफ हो।’ 

शनिबार मन्त्री बस्नेतले डा. केसीलाई केही गिरोहले चलाइरहेको अभिव्यक्ति दिएका थिए। त्यसको जवाफमा डा. केसीले नर्सिङ तथा स्वास्थ्यसम्बन्धी विषयमा जनमानसमा गलत धारणा स्थापित गर्न मन्त्रीले माफियाको तर्फबाट नयाँ प्रयास गरेको दाबी गरेका हुन्।

सुरुदेखि नै स्वास्थ्यमन्त्रीले माफियाहरूको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेकाे र सम्बन्धित सरकारी निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेकाे विज्ञप्तिमा उल्लेख छ । 





  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार १७:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया