शिक्षक वैदेशिक रोजगारीमा गएपछि अध्यक्ष आफैँ पढाउँदै

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँले विद्यार्थीलाई अध्यापन गराउन थालेका छन् । 

विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँ अध्यापन गर्न थालेको अध्यक्ष गोविन्द भण्डारीले बताए । अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानध्यापकसमेत थिए । 

शिक्षक भूपराज अधिकारीसँगै उनकी श्रीमती भारती अधिकारी पनि बेलबारी ३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक थिए । उनी पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमान्सँगै वैदेशिक रोजगारीमा गएकी छिन् । 

लामो समय सोही विद्यालयमा अध्यापन गराएका उनी सेवा निवृत्त भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएका हुन् । व्यवस्थापन समितिको अध्यक्ष भएपछि पनि विद्यार्थीको पठनपाठनमा कुनै बाधा नपुगोस् भनेर अध्यापन गराएको उनी बताउँछन् । 

शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमका अनुसार स्थानीय पालिका तथा उक्त विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र आएको छैन । शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको उनले बताए । 





  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार १९:५१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया