logo-img

इजरायल र प्यालेस्टाइनले दिगो शान्तिको प्रयास गर्नुपर्छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टिनी जनताको दिगो शान्तिका लागि दुई राज्यले आफंै समाधान निकाल्नका लागि पहल गर्नु पर्नेमा जोड दिएका छन् ।

उनले सबै बन्धकलाई रिहा नगरेसम्म इजरायल र हमासबीचको युद्धविराम जारी रहनेमा आफू आशावादी रहेको पनि बताएका छन् ।

बाइडेनले अमेरिकी बन्धकलाई पनि हमासले छिट्टै रिहा गर्ने आशा व्यक्त गरे । हमासले आइतबार १७ जना बन्धकलाई रिहा गर्दा ४ वर्षीया अमेरिकी बालिका पनि रिहा भएकी थिइन् । दुई राष्ट्रबीचको समाधानअन्तर्गत इजरायलसँगै प्यालेस्टाइन पनि एक स्वतन्त्र देश हुनुपर्नेमा अमेरिका रहेको पनि राष्ट्रपति बाइडेनले बताए ।



सन् १९९१ मा अमेरिकाको मध्यस्थतामा भएको म्याड्रिड शान्ति सम्मेलनमा इजरायल र प्यालेस्टाइनबीच दुई राज्य समाधानका लागि पनि सहमति भएको थियो ।  
 





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार १४:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया