logo-img

रजत पदक विजेता थाइ युवकले गरे आफ्नै दुलहीसहित पाँच जनाको हत्या

एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलहीसहित पाँच जनाको हत्या गरेका छन् ।

आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले उत्तरपूर्वी थाइल्यान्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली प्रहार गरेका थिए ।

‘उनीहरूबीच निजी मामिलामा बहस भएको थियो र चतुरोङले आफ्नो कारमा गए र गोली चलाउनुअघि बन्दुक उठाए’, उत्तरपूर्वी नाखोन रत्चासिमा प्रान्तका प्रहरी अधिकारी म्याटिचोन वोङगबाओकुलले भने ।



उनका अनुसार चतुरोङले स्वयंलाई मार्नुअघि पहिला आफ्नी दुलही र अन्य चार जनामाथि गोली चलाएका थिए । मारिनेमध्ये एक अतिथि पनि थिए । चार जनाको हत्यापछि ती युवकले पछि आत्महत्या गरेका थिए ।

पौडी खेलाडी सुक्सुकले इन्डोनेसिया र कम्बोडियामा सन् २०२२ मा भएको आसियान पारा खेलकुद प्रतियोगितामा दुई रजत पदक जितेका थिए ।

उनी थाई सेनाका रेन्जर रहेको र सीमामा गस्ती गर्नेक्रममा उनले आफ्नो दाहिने खुट्टा गुमाएको स्थानीय मिडियाले बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार ६:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया