logo-img

रोनाल्डोले जब पेनाल्टीको माैका अस्वीकार गरे
फाइल तस्बिर

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफूले पाएको पेनाल्टी अस्वीकार गरेका छन् । अल–नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले एसियन च्याम्पियन्स लिगअन्तर्गत इरानियन टोली पर्सेपोलिसविरुद्धको खेलमा पेनाल्टी अस्वीकार गरेका हुन् ।

उनी खेलको दोस्रो मिनेटमा विपक्षी टोलीको च्यालेन्जपछि लडेका थिए । चिनियाँ रेफ्री मा निङले अल नासरलाई तत्काल पेनाल्टीको मौका दियो । तर, रोनाल्डोले उक्त निर्णय सही नभएको भन्दै उल्टाउन रेफ्रीलाई अनुरोध गरे । त्यसपछि भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा रेफ्रीले उक्त निर्णय फिर्ता लिएका थिए ।  



रोनाल्डोकै अनुरोध र भीएआरको सहयोगका कारण पर्सेपोलिस खेलमा हारबाट जोगियो । १७ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको नासरले पर्सेपोलिसविरुद्ध गोलरहित बराबरी खेल्यो ।  

नासर प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरिसकेको छ । उसले पाँच खेलबाट १३ अंक जोडेको छ । ऊ समूह ‘ई’ को शीर्ष स्थानमा छ ।
 





  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार ९:५५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया