विदेशी कम्पनीको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षा गर्न आदेश दिएका छन् ।

बेइजिङले कठोर कारबाही र बिरामी अर्थतन्त्रबाट प्रभावित विदेशी कम्पनीहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेको बेला राष्ट्रपति सीको उक्त आदेश आएको हो । 

भू–राजनीति, जासुसी विरोधी कानुन, बहुराष्ट्रिय कम्पनीहरूमाथि छापा र घरेलु प्रतिस्पर्धीका लागि अनुकूल व्यवहारले मनोबलमा असर पारेको भन्दै चीनमा अमेरिकी र युरोपेली कम्पनीहरूले व्यापार गर्न पहिलाभन्दा धेरै नै कठिन भएको बताएका छन् । 

अब बेइजिङले विदेशी कम्पनीहरूलाई फिर्ता लाउने कोसिस गरिरहेको छ । यसै महिना एपीइसीका प्रमुख कार्यकारीहरूको शिखर सम्मेलनमा राष्ट्रपति सीले एक लिखित सम्बोधनमा कम्पनीहरूलाई लगानी गर्न निमन्त्रणा गर्दै ‘विदेशी कम्पनीहरूका लागि चीनमा लगानी र सञ्चालनलाई सहज बनाउनका लागि’ आनन्ददायी उपायको वाचा गरे ।

साथै मुलुकको शीर्ष निर्णय लिने निकाय चीनको कम्युनिष्ट पार्टी पोलिटब्यूरोको सोमबारको बैठकमा उनले चीनले विदेशी संस्थाहरूसँग ‘व्यापक, खुला र पारदर्शी’ कानूनी व्यवहार सुनिश्चित गर्नुपर्ने बताएको सरकारी प्रसारक सिसिटिभीले बताएको छ ।   

चीनमा अस्पष्ट तथा स्वेच्छाचारी नियमका बारेमा विदेशी उद्यमहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । उनीहरूले बौद्धिक सम्पत्तिको चोरी मुख्य गुनासो रहेको बताएका छन् । यसै वर्ष चीन भ्रमणका क्रममा अमेरिकी अधिकारीहरूले बौद्धिक सम्पत्तिको चोरीको मुद्दा उठाएका थिए । 



सुस्त वृद्धि र भूराजनीतिक तनावले लगानीको सम्भावनालाई प्रभावित गरेको भन्दै अमेरिकी र युरोपेली उद्यम लबीले सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास ववर्षौँमा सबैभन्दा न्यूनस्तरमा पुगेको चेतावनी दिएका थिए । 

यद्यपि अमेरिका–चीनको बढ्दो व्यस्तता र यसै महिना सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटवार्तापछि यी विषयमा सुधार हुनसक्ने सङ्केत व्यापारिक लबीले पाइरहेका छन् ।  



  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १४:२२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया