दूतावास र कूटनीतिक नियोगहरू बन्द गर्दै उत्तर कोरिया, नेपालपछि बंगलादेश र कंगो परे बन्दको सूचीमा

पछिल्लो समय उत्तर कोरियाले धमाधम दूतावास र कूटनीतिक नियोगहरू बन्द गर्न थालेको छ । कूटनीतिक नियोग बन्द गर्ने निर्णय आफ्नो कूटनीतिक दक्षता र सम्बन्ध अभिवृद्धि गर्ने प्रयासको हिस्सा भएको बताउँदै उत्तर कोरियाले हालै मात्र बंगलादेश र प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेका आफ्ना दूतावासहरू बन्द गरेको छ । 

विगतका महिनाहरूमा बन्द गरेको विदेशी कूटनीतिक नियोगहरूको सूचीमा अंगोला, हङकङ, नेपाल, स्पेन र युगान्डा, प्योङयाङलगायत परेका थिए । पछिल्लो समय सो सूचीमा बंगलादेश र कंगो थपिएका छन् । 

गत हप्ता, उत्तर कोरियाले बंगलादेशको ढाकामा आफ्नो दूतावास बन्द गरेको थियो । तर, प्योङयाङले नयाँ दिल्लीस्थित आफ्नो दूतावासमार्फत ढाकासँग सम्बन्ध कायम राख्ने उल्लेख गरेको छ । उत्तर कोरियाले ढाकामा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णयको बारेमा बंगलादेशको विदेश मन्त्रालयलाई मौखिक जानकारी गराएको उत्तर कोरियाले जनाएको छ । 

उत्तर कोरियाले बंलादेश र कंगोसँग सन् १९७३ मा कूटनीतिक सम्बन्ध बनाएको थियो । कंगोसँग कूटनीतिक सम्बन्ध स्थापना गरेदेखि उत्तर कोरियाले अफ्रिकी देशसँग मुख्यतया हतियार निर्यात र सुन खानी मार्फत घनिष्ठ सम्बन्ध कायम राखेको छ । 

पछिल्लो पटक आणविक हतियार सम्पन्न उत्तर कोरियाले मुलुकमा अनिकाल लागेर लाखौँ मानिस मरेपछि सन् १९९० को दशकको मध्यदेखि नै कूटनीतिक नियोगहरूको संख्या कम गर्दै आएको छ ।   
 





  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार १३:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया