जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले त्रिविमा अंग्रेजी वा नेपालीमा स्नातकोत्तर गर्न पाउने

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागले जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले अंग्रेजी वा नेपालीमा स्नातकोत्तर गर्न पाउने व्यवस्था लागू गरेको छ । पछिल्लो समय नेपाली र अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्न आउने विद्यार्थीको संख्या ह्वात्तै घटेपछि त्रिविले यस्ते निर्णय गरेको हो ।  

त्रिवि प्राज्ञिक परिषद्ले २४ असोजमा जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई स्नातकोत्तर (एमए)मा नेपाली तथा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको थियो ।त्रिविको सो निर्णयसँगै अब नेपाली तथा अंग्रेजी विषयमा विशेषज्ञता हासिल गर्न तल्लो तहदेखि नै नेपाली तथा अंग्रेजी मूल विषय पढेको हुनुपर्ने प्रावधान हटेको छ । 

प्रज्ञिक परिषदको निर्णयअनुसार त्रिविका अंग्रेजी र नेपाली विभागहरूले भर्ना खुलाएका छन् । मंगलबार नेपाली विभागले भर्नाको सूचना जारी गरेको थियो भने अंग्रेजी विभागले बुधबार भर्नाको सूचना जारी गरेको हो । 





  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार २२:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया