उच्च शिक्षाका लागि आयरल्याण्ड नै किन ? यस्ता छन् कारण

उच्च शिक्षाका लागि विश्वभरका विद्यार्थीको प्रमुख गन्तव्यका रूपमा आयरल्याण्ड लोकप्रिय बन्दै गइरहेको छ । 

 हरेक वर्ष तीस हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीले आयरल्याण्डलाई उच्च शिक्षा गन्तव्यका लागि छनोट गर्छन् । त्यसकारण आयरल्यान्ड उच्च शिक्षाका लागि किन प्रख्यात छ भन्ने कौतूहलता धेरै व्यक्तिमा हुनसक्छ । जसका धेरै कारण छन् । जसमध्ये केही कारणहरू यस आलेखमा समेटिएको छ । 

धेरैको रोजाई 

उच्च शिक्षाका लागि प्रमुख गन्तव्य मानिएका देशहरूमा आयरल्याण्ड पाँचौ स्थानमा छ । यहाँका विश्वविद्यालयहरू विश्वव्यापी रूपमा शीर्ष ३ स्थानमा छन् ।  आयरल्याण्ड गुणस्तरीय उच्च शिक्षाका लागि उत्कृष्ट स्थान हो । 

अध्ययन, अनुसन्धानमा पोख्त 

यसका साथै आयरिश विश्वविद्यालयहरू अनुसन्धानका लागि विश्वव्यापी रूपमा उत्कृष्ट छन् । अनुसन्धानका क्षेत्रमा रूची भएका विद्यार्थीहरूलाई अध्ययनका लागि आयरल्याण्ड प्रमुख गन्तव्य हो । 



सुरक्षित 

सुरक्षाको दृष्टिकोणले आयरल्याण्डलाई एकदमै सुरक्षित छ । आयरल्याण्डमा विद्यार्थीहरूले गुणस्तरीय शिक्षा मात्रै नभएर सुरक्षित र शान्त वातावरण पनि पाउँछन् । यसका साथै अंग्रेजी कमजोर भएका विद्यार्थीलाई आयरल्याण्डमा अंग्रेजी सुधार गर्ने सुवर्ण अवसर मिल्नेछ । बेलायतपछि अंग्रेजी भाषाको धेरै प्रयोग गर्ने देश हो, आयरल्यान्ड । त्यसकारण अंग्रेजी भाषा अभ्यासका लागि आयरल्यान्ड उत्तम गन्तव्य हुनसक्छ । 



सहज यात्राका लागि 

आयरल्याण्ड युरोपेली संघको हिस्सा भएकाले यहाँ यात्रा गर्न सहज हुन्छ । विद्यार्थीहरूले अध्ययनको शिलशिलामा छिमेकी राष्ट्रहरूमा सजिलैसँग यात्रा तथा अन्वेषण गर्न सक्छन्।

अवसरको खानी 

आयरल्याण्डले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि ५ हजारभन्दा बढी पाठ्क्रम तयार गरेको छ । जसकारण विद्यार्थीहरूले आफ्नो रुचीअनुसारको पाठ्यक्रम सहजै छनोट गर्न सक्छन् । यसका साथै आयरल्याण्डमा एक हजारभन्दा बढी बहु राष्ट्रिय कम्पनीहरू छन् । आयरल्याण्ड टेक कम्पनीहरूको हब नै हो। टेक्नोलोजीमा भविष्य खोज्नेहरूका लागि आयरल्यान्ड उपयुक्त गन्तव्य हो । 

हुन्छ श्रमको कदर 

आयरल्याण्डले श्रमको कदर गर्दै अन्य यूरोपियन राष्ट्रको दाँजोमा धेरै पारिश्रमिक दिने गर्छ । यूरोपियन राष्ट्रहरू मध्ये धेरै पारिश्रमिक दिनेमा आयरल्याण्ड दोस्रो नम्बरमा पर्छ । त्यसैले अध्ययनसँगै रोजगारीका लागि उपयुक्त गन्तव्य हो, आयरल्याण्ड । 

आयरल्याण्डले अन्तर्राष्ट्रिय विद्यार्थीको लागि विभिन्न अवसरहरू प्रदान गर्दै आइरहेको छ । उच्च शिक्षाका लागि आयरल्याण्ड जाने योजना बुनिरहेका विद्यार्थीहरूलाई हात्तिसारस्थित रहेको हब इन्टरनेशनल एजुकेशनले लामो समयदेखि सहयोग गर्दै आइरहेको छ । त्यसैले आयरल्याण्ड जान चाहने विद्यार्थीले हब इन्टरनेशनल एजुकेशनमार्फत आजै आयरल्याण्डका लागि आवेदन दिन सक्नेछन् । 

  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार ९:५७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया