logo-img

१३ वर्षीया बालिका बलात्कृत, ३४ वर्षीय युवक पक्राउ

झापामा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करणी अभियोगमा जिल्लाको मेचीनगर नगरपालिका–६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणी आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । 

आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा जगतमणीको दाइ ३७ वर्षीय बालकुमार आचार्यले ती बालिकालाई ललाई फकाई आफ्नो भाइलाई भेटाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १३:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया