logo-img

इराकले एक महिनामा निर्यात गर्‍यो ११ करोड ब्यारेल कच्चा तेल
फाइल तस्बिर

इराकले नोभेम्बरमा करिब ११ करोड अर्थात् १० करोड ९० लाख ब्यारेल बढी कच्चा तेल निर्यात गरेको छ । जसले ९‍५९ बिलियन अमेरिकी डलर राजश्व जम्मा पारेको छ ।  

नोभेम्बरमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८७‍५७ अमेरिकी डलर थियो । मन्त्रालयले स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्याङ्कलाई उद्धृत गर्दै एक विज्ञप्तिमा भनेको छ । 

मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिव १०८.०५ मिलियन ब्यारेल, उत्तरी प्रान्त निनेवेहको कयारा तेल क्षेत्रबाट १.०३ मिलियन ब्यारेल र ४६४,७२८ ब्यारेल छिमेकी जोर्डनमा पठाइएको विज्ञप्तिमा भनिएको छ ।



इराकको अर्थतन्त्र धेरै कच्चा तेलको निर्यातमा निर्भर छ । जसले देशको राजश्वको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १०:४२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया