श्रीमानको हत्या आरोपमा महिला पक्राउ
प्रतीकात्मक तस्वीर

उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जंगलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमानको हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरी नजिकै जंगलको झाडीमा शवलाई स्याउलाले छोपेर राखेको अवस्थामा मंगलबार स्थानीयले देखेपछि घटनाका बारेमा प्रहरीमा खबर गरेका थिए ।

घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ । श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ । 

हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार १४:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया