एआइटिएम कलेजले बेलायतस्थित युएचआई विश्वविद्यालयको कोर्स पढाउने

ललितपुरमा रहेको एसियन इन्स्च्यिुट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटिएम) कलेजले बेलायतस्थित युनिभर्सिटी अफ हाइल्याण्ड एण्ड आइल्याण्ड (युएचआई)का स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालय र कलेजबीच कोर्स सञ्चालन गर्ने सम्झौता भएको छ । उक्त सम्झौताका लागि युएचआईको तीन सदस्यीय टोलीले ललितपुरस्थित एआईटिएम कलेजमा पुगेर सम्झौतापत्र हस्ताक्षर गरेको थियो ।

सम्झौताका लागि युएचआईका तर्फबाट नेपाल आएका क्रेग लेनोक्स, जिल एल्डर र हेलेन डाओगले २५ नोभेम्बरदेखि डिसेम्बर १ तारिखसम्म एआईटिएम कलेजको अवलोकन, छलफल तथा परामर्श गरेका थिए ।

आईटिएम कलेजका कार्यकारी अधिकृत डा.रोशन राठीका अनुसार  एआइटिएम कलेजले नेपाली विद्यार्थीलाई बेलायती शिक्षा स्वदेशमै प्रदान गर्ने भएको छ ।

स्कटल्याण्डस्थित बेलायती प्रसिद्ध विश्वविद्यालय युएचआईका कोर्स नेपाली विद्यार्थीलाई स्वदेशमै बेलायतकै सुविधासहित सर्वसुलभ शुल्कमा पढ्ने अवसर एआइटिएम कलेजले प्रदान गरेको छ ।

युएचआई र एआइटिएम कलेजबीचको साझेदारीले विद्यार्थी र दुवै शैक्षिक संस्थाका संकायबीच एक्सचेन्ज प्रोग्रामहरू हुने जानकारी डा.राठीले जानकारी दिए ।



एआइटिएम कलेजले यसअघि पनि अन्तर्राष्ट्रियस्तरका विभिन्न कोर्स सञ्चालन गर्दै आएको छ ।



  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार १६:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया