चीनकाे बीआरआई परियोजनाबाट बाहिरियो इटाली

इटालीले आधिकारिकरूपमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)परियोजना छोडेको छ । इटाली पहिलो पटक २०१९ मा यस परियोजनामा सामेल भएको थियो । यो परियोजना मार्च २०२४ मा सकिँदै थियो । इटालीले यस अवधिभन्दा तीन महिनाअघि चीनलाई सूचना दिएको थियो ।

रोयटर्सका अनुसार एक चीनलाई पठाएको पत्रमा इटालीले बीआरआई सम्झौता नवीकरण नगर्ने उल्लेख छ । चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा महत्वाकाँक्षी योजनाको रुपमा बीआरआई घोषणा गरेका थिए ।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईलाई नयाँ सिल्क रुट पनि भनिन्छ । यो धेरै देशको कनेक्टिभिटी प्रोजेक्ट हो । बीआरआई अन्तर्गत एसिया, युरोप र अफ्रिकाका ७० देशलाई रेल, सडक र समुद्रबाट जोड्ने योजना छ ।

इटालीले आफ्नो अर्थतन्त्र र राम्रो पूर्वाधारको विकासका लागि बाह्य लगानीको कडा आवश्यकता महसुस गरिरहेको बेला चीनको बीआरआई परियोजनामा सामेल भएको थियो । अन्य युरोपेली देशहरू जस्तै इटालीले पनि पछिल्लो दशकमा तीनवटा मन्दीको सामना गरेको थियो।

युरोपियन युनियनसँग इटालीको सम्बन्ध राम्रो थिएन । यस्तो अवस्थामा वैदेशिक लगानीबाट देशको अर्थतन्त्रलाई टेवा दिन इटालीको झुकाव चीनतर्फ बढेको हो । 
४ वर्षपछि इटाली सरकार चीनसँगको सम्झौताबाट पछि हटेको हो ।





  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार ८:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया